दीप युनाइटेडको रक्तदानमा '९० युनिट'
पाेखरा | भदौ १५, २०८१
पोखरा: दीप युनाइटेड क्लब पोखरा १६ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० युनिट संकलन भएको छ ।
‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले हरितालिका तीजको अवसरमा आयोजना गरेको १२ औं रक्तदान कार्यक्रमबाट ९० युनिट संकलन भएको कार्यक्रम संयोजक आशिष क्षेत्रीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पहिलो रत्तदाता (५५ पटक रक्तदान) रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्ने सक्ने बताउदै आगामी दिनमासमेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा हार्ड रोग विषेशज्ञ डा निरज रन्जित, वडा १६ का वडासदस्य राजकुमारी बानिया, मन्जु बस्याल, वडा नं १९ का वडासदस्य विकास आचार्य र बगरका प्रहरी सहायक निरीक्षक तारा बिक लगायतको सहभागिता थियो ।
क्लबका अध्यक्ष खेमराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

